२०८१ साउन ३ गते बिहिवार

दाङमा आज ८१ जना नयाँ संक्रमित फेला, ४ सय ८ जना सकृय बिरामी



१२ बैशाख,घोराही ।
दाङमा आज थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षण गर्दा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानमा १ सय ६१ जनाको स्वाब परिक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो । जस अनुसार तुलसीपुरका ३६ जना, घोराहीका ३१, बबईका ४ जनामा संक्रमण देखिएको छ । यस्तै शान्तिरनगरका ३, लमही र राप्ति गाउपालिकाका २÷२ जनामा, घोराही र दंगिशरणका १÷१ रहेका छन् । आज संक्रमण देखिएका मध्ये ५१ जना पुरुष र ३० जना महिला रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस्तै आज दाङका ३३ जना संक्रमण मुक्त भएका छन् ।

दाङमा अहिले ४ सय ८ जना सकृय संक्रमित रहेका छन् । ति मध्य जिल्लामै ३ सय ४१ जना र जिल्ला बाहिर ६१ जना सकृय बिरामीको उपचार भैरहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कोरोना अस्पताल बेलझुण्डीमा ४१ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १६ जना बिरामीको अहिले उपचार भैरहेको छ । संक्रमित मध्य दुई सय ८४ जना बिरामीहरु घरकै आइसोलेशनमा बसेका छन् ।।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्