२०८२ बैशाख १८ गते बुधवार

मास्क नलगाउनेका समाचारलाई स्थान नदिनुस् : स्वास्थ्य मन्त्रालय



१२ बैशाख,घोराही /
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा बढेको भन्दै सभा–समारोह तथा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न सूचना जारी गरेको छ ।

यस्ता कार्यक्रम गर्ने आयोजक र सहभागी हुने दुवैलाई कारबाहीको दायरामा ल्याउन पनि मन्त्रालयले सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै सबैलाई फेरि एकपटक सम्झाएको छ ।

मन्त्रालयले समाचार तथा सूचना सम्प्रेषण गर्दा मास्क अनिवार्य रुपमा लगाउन तथा मास्क नलगाएका व्यक्तिका समाचार तथा सूचनालाई निरुत्साहित गर्नसमेत सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्