१२ वैशाख,घोराही ।
दाङमा कोरोनाबाट थप एक पुरुषको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ५७ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका ब्यबस्थापक दोर्ण ओलीले ति पुरुषको आईतबार विहान सवा ११ बजेतिर मृत्यु भएको बताए । । उनी अस्पतालमा वैशाख २ गतेदेखि सघन उपचार कक्ष(आइसियु)मा उपचाररत थिए । उनमा निमोनिया समेत थियो ।
यो संगै अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दाङमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार