२०८२ बैशाख ११ गते बुधवार

९ महीनामा भित्रियो २९ करोड ६९ लाखको मोबाइल



१२ बैशाख, काठमाडौ । आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ महामारीका कारण समग्र अर्थतन्त्र प्रभावित भए पनि मोबाइल फोनको बजार भने झनै बढेको छ ।

बन्दाबन्दी खुकुलो भएपछि गतवर्ष साउनदेखि नै मोबाइल फोनको आयात दोब्बरले बढेकोमा चालू आवको नवौं महीनासम्ममा व्यवसायमा कमी आएको छैन ।

चालू आर्थिक वर्षको पहिलो ९ महीनामा नेपालमा रू। २९ करोड ६९ लाख बराबरको मोबाइल फोन नेपाल भित्रिएको छ ।

यो अघिल्लो वर्षको अवधिको तुलनामा दोब्बर बढी हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा रू। १४ अर्ब ६२ करोडको मोबाइल फोन भित्रिएको थियो ।

यस अवधिमा नेपालमा ५८ लाख ७१ हजार सेट मोबाइल भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा २० लाखभन्दा बढी हो, आव २०७६/७७ को चैतसम्ममा ३८ लाख ४७ हजार सेट मोबाइल आयात भएको थियो ।

गत आर्थिक वर्षमा सरकारले बजेटमार्फत मोबाइल फोन आयातमा गरेको केही सहजताका कारण बढेको हो । तर, कोरोना शुरू भएर २०७६ चैत दोस्रो सातादेखि देशव्यापी बन्दाबन्दी भएपछि व्यवसायीहरू चिन्तित भएका थिए । तर, बन्दाबन्दी खुकुलो भएपछि असारदेखि नै मोबाइलको माग ह्वात्तै बढेपछि अन्य क्षेत्रको तुलनामा यो क्षेत्रले गति लिएको हो ।

यो समाचार आर्थिक अभियानमा छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्