२०८२ बैशाख ९ गते सोमवार

विष्णु अधिकारीले जन्मदिनको अवसरमा वृद्धाश्रममा फलफुल वितरण



१२ चैत्र,घोराही – दाङको  घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु अधिकारीले आफ्नो ४५औं जन्मदिनको अवसरमा घोराही–१६, तेरौंटेमा रहेको वृद्धाश्रममा फलफुल वितरण गर्नुभएको छ। उहाँले मंगलबार एक कार्यक्रमका बीच वृद्धाश्रममा रहेका १४ जना वृद्धवृद्धालाई फलफुल वितरण गर्नुभएको हो।

जन्मदिनलाई समाजसेवामा जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा उहाँका श्रीमान् भरतमणि अधिकारीको समेत उपस्थिति रहेको थियो। वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफुल वितरण गर्दै उहाँले वृद्धवृद्धाप्रति सम्मान प्रकट गर्न सके समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो। कार्यक्रममा वृद्धाश्रमका व्यवस्थापकले अधिकारी दम्पतीको सामाजिक सेवाको भावना प्रशंसा गर्दै यस्ता कार्यले वृद्धवृद्धाको मनोबल बढ्ने बताउनुभयो।

उहाँले आगामी दिनमा पनि समाज सेवाका गतिविधिहरू निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। समाजसेवा गर्ने उद्देश्यले जन्मदिनलाई विशेष बनाउने चलन पछिल्लो समय बढ्दै गएको छ। विष्णु अधिकारीको यो कार्य समाजका अन्य व्यक्तिहरूका लागि प्रेरणादायी बन्न सक्छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्