२०८२ बैशाख ९ गते सोमवार

गुरुकुल एकेडेमी लमहीद्धारा ग्रिन पार्कमा शुद्ध पिउने पानीको जडान



१२ चैत,दाङ- गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरूले यस वर्षको देउसीभैलो कार्यक्रम – २०८१ मार्फत संकलन गरेको रकमबाट लमही स्थित अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको ग्रिन पार्कमा शुद्ध पिउने पानीको जडान गर्नका लागि एक नयाँ पानी सर्छन प्रणालीको स्थापना गरेका छन्। यस परियोजनाको मुख्य उद्देश्य समाजमा शुद्ध पिउने पानीको पहुँच सुनिश्चित गर्नु र गुरुकुलु भन्ने समाज सेवा र सहयोगका सन्देशलाई अघि बढाउनु हो।

सङ्गठनको यो पहलले लमहीका स्थानीय बासिन्दाहरूसम्म स्वच्छ पानीको पहुँच पुर्‍याउने महत्वपूर्ण योगदान पुर्‍याउने छ। शुद्ध पिउने पानीको अभाव विशेष गरी ग्रामीण क्षेत्रमा ठूलो समस्या हो र यस जडानले स्थानीय समुदायलाई ठूलो राहत दिने विश्वास गरिएको गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले बताउनुभयो।

कार्यक्रमको उद्घाटन र हस्तान्तरण एक औपचारिक समारोहमा गरिएको थियो, जसको अध्यक्षतामा गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनाल रहनुभएको थियो। लमही नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीको प्रमुख अतिथ्यतामा साथै अजम्बरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन रिजालको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीको यो कामलाई प्रशंसा गर्दै आगामि दिनमा यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बक्ताहरुले बताएका थिय ।

यस कार्यक्रमको सहजिकरण विद्यालयका प्रशासन प्रमुख सतिस पौडेलले गर्नुभएको थियो। उँहाले सबैलाई धन्यवाद दिँदै भन्नुभयो हामीले यो पहल समाजका लागि गरेका हौं र यसबाट आउने फाइदाले सबैलाई लाभ पुर्‍याउने पनि उँहाले बताउनुभयो ।

यस आयोजना मार्फत, गुरुकुल एकेडेमीले शैक्षिक संस्थाको भूमिका मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने योगदान पनि पुर्याएको छ। यस पहलको परिणामस्वरूप, लमहीका स्थानीय बासिन्दाहरूलाई अब सहजै शुद्ध पिउने पानी उपलब्ध हुनेछ, जसले उनीहरूको स्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउनेछ।

गुरुकुल एकेडेमीले शुद्ध पानी जडान गर्ने यो पहललाई लमहीको समाजिक उत्थानमा एक ठूलो कदम मानिएको छ र भविष्यमा यस प्रकारका समाज सेवा कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्