२०८२ बैशाख ९ गते सोमवार

लमहीमा पनि भुमि समस्या समाधान आयोगद्धारा अभिमुखीकरण



१२ चैत, दाङ – दाङको लमहीमा भुमि समस्या समाधान आयोग दाङले जिल्ला स्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुकुम्बासी समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम वहादुर वस्नेको अध्यक्षता तथा सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख अथित्यतामा भएको कार्यक्रममा देउखुरी क्षेत्रका राजपुर गाउँपालिका ,गढवा गाउँपालिका, राप्ति गाउँपालिका र लमही नगरपालिकाका पालिका प्रमुख र उप प्रमुख सहितका कार्यपालिक सदस्य, वडा अध्यक्ष, पुर्व स्थानिय जनप्रतिनिधि तथा राजनितिकदल प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस्तै, कार्यक्रममा प्रमुख अथिति आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले केन्द्रीय तहमा रहेको समस्याहरूलाई समाधान गर्न निरन्तर सरकार र सम्वन्धित निकायहरू संग कानुन अनुरूप समन्वय गरिरहेको बताउनुभयो । वर्तमान सविधान अनुरूप आयोगले काम गरिरहेको र अन्य ऐनहरूमा जे सुकै लेखिएतापनि पछि लेखिएको ऐन नै सर्व मान्यहुनि भएकाले जनतालाई मालिक वनाउने कुरा नरोकिने वताउनुभयो । उहाँले भुमिको कुनै ब्यक्तिगत समस्या नभई जनताको समस्या भएको हुदा अध्यादेश पारित गर्न सवै दलहरूले स्थानिय तहदेखि नै आफ्नो दललाई दवाव दिन आग्रह गर्नुभयो ।

यस्तै, भुमि समस्या समाधान आयोगका दाङका अध्यक्ष हुकुम वस्नेतले सुचना प्रकाशन भैसकेका लमही र घोराहिको १०० जना ब्यक्तिहरूलाई अवको केही समयमा लालपुर्जा वितरण गर्ने अन्तिम तयारि रहेको बताउनुभयो । दाङमा सवै भन्दा पहिला लमहीवाट पुर्जा वितरण कार्य सुरु गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा भुमि आयोगका केन्द्रीय विज्ञ सदस्य जगत वहादुर वस्नेतले जिल्लामा रहेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी नीति नियम र कानुनमा उल्लेखित गरिएको विधि विधानको वारेमा जानकारी गराउदै सहभागिहरू वाट उठेका प्रश्नहरूलाई सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा लमही नगरपालिका प्रमुख जोखराज चौधरी , आयोगका केन्द्रीय सदस्य अनिल कृष्ण प्रसाई, भुमि समस्या समाधान आयोग दाङका सदस्य सचिव तथा नापि शाखा घोराहीका प्रमुख पुरण चौधरी लगाएतकाले मन्तब्य राख्नुभएको थियो । आयोगका जिल्ला सदस्य हिरा देवि पुनको स्वागत मन्तब्यवाट सुरू भएको कार्यक्रमको सहजिकरण सिएसआर्सीका कार्यक्रम संयोजक गोपाल विकले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्