२०८२ बैशाख ९ गते सोमवार

स्वर्गद्वारी गुठी पीडित मोही किसान र सरकारबीच सहमति



१२ चैत्र, दाङ- स्वर्गद्वारी गुठीपीडित मोही किसान र सरकारबीच सहमति भएको छ । पछिल्लो ५१ दिनदेखि निरन्तर काठमाण्डौँको माइतीघरमा धर्ना बसेका किसान र सरकारविच दोस्रो पटक लिखित सहमती भएको हो । संसद् अधिवेशन शुरु हुनेबित्तिकै माघ २० देखि धर्नामा बसेका किसानको समस्या सम्बोधन हुने गरी चालु हिउँदे अधिवेशनमा विधेयक लैजाने सहमति भएसँगै संघर्ष समिति आन्दोलन स्थगित गर्न तयार भएको छ ।

तीन दिनदेखि निरन्तर वार्ता टोलीबीच भएको छलफलमा गुठी संस्थान ऐन, २०३३ मा संशोधन गरेर मोहीका समस्या हल गर्ने सहमति जुटेको हो । मन्त्रालयले संशोधन गर्नुपर्ने विधेयकको मस्यौदा तयार गरिसकेको र उक्त मस्यौदा तत्काल अगाडि बढाउने जनाएको छ । गुठीका मोही एक वर्षदेखि निरन्तर आन्दोलनमा छन् । २०८० चैत ७ गतेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू सडक संघर्षमा आएका थिए ।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका सचिव प्रवीण चौधरीले सरकारले गुठी संस्थान (तेस्रो) संशोधन विधेयक, २०८१ को मस्यौदालाई संघीय संसद्को चालु अधिवेशनमा विधेयकको रुपमा पेश गर्ने लिखित सहमति गरेपछि र विधेयकको मस्यौदासमेतमा सहमति जुटेपछि आन्दोलत स्थगित भएको हो । स्वर्गद्वारी गुठीको कारण दाङमा १२ मौजामा तीन हजार पाँच परिवारका १६ हजार पीडित छन् । यी परिवारले एक हजार ५३ बिगाह जमिन जोतभोग गर्दै आएका छन् ।।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्