२०८० फाल्गुन १२ गते शनिवार

ठेकेदार अनुप पाण्डे १४ दिन पछि हिरासत मुक्त




११ चेत, दाङ – डेढ करोड बढि ठगिको आरोपमा पक्राउ परेका दाङका ठेकेदार अनुप पाण्डेलाई प्रहरीले आज शुक्रबार बेलुका छोडेको छ ।
बैंक कसुरमा जाहेरी दिने घोराहीका एमाले नेता गेहेन्द्र बस्नेत, उपेन्द्र उप्रेती, बिरबल खड्का र मजदुरले पैसा पाएको भन्दै आबश्यक कागजातसहित प्रहरीमा निबेदन दिएपछि जिल्ला प्रहरी कार्यालय दाङले हिरासतमा रहेका अनुपलाई हाजिरी जमानतमा छाडेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जिल्ला सरकारी वकिल कार्यालयको कानुनि परामर्शमा उनलाई छाडिएको र प्रहरीले अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान गर्ने बताउनुुभयो । एसपि काफ्लेले मुद्धा फिर्ता नहुने दाबी समेत गर्नुभयो।

पाण्डेलाई १४ दिन हिरासतपछि आजै बेलुकी प्रहरीले छाडेको हो । पिडित पक्षले पैसा पाएको निबेदन दिएको खण्डमा सरकारी वकिल कार्यालयले गैर न्यायिक तरिकाले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न नहुने कानुनि परामर्श दिएपछि अनुपलाई हिरासत बाहिर राखी मुद्धाको थप अनुसन्धान प्रकृया अघि बढ्ने उहाँले बताउनुुभयो ।

पाण्डेलाई उनका हजुरबुवा टोपेन्द्र केसिको हाजिरी जमानतमा प्रहरीले छाडेको हो । ब्यबसायी बस्नेतले १ करोड ४४ लाख, उप्रेतिले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख, बिरबलले ११ लाख र मजदुरले ९५ लाख रुपैया प्राप्त गरेको आबश्यक कागजातसहित प्रहरी कार्यालयमा निबेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसंगको कानुनि परामर्शमा अनुपलाई थुनामुक्त गरेर मुद्धाको अनुसन्धान प्रकृया अघि बढाउन निर्देशन पाएपछि उनलाई जिम्मा जमानीमा छाडिएको हो ।

ठगि र बैंक कसुर मुद्धा फरक हुने र पाण्डेको सन्दर्भमा पिडितले पैसा पाएपछि बैंक कसुरमा छोडिएको एसपि काफ्लेले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्