२०८० फाल्गुन ११ गते शुक्रवार

रोल्पामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु, एक गम्भीर घाइते



११ चैत्र, रोल्पा – रोल्पामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । रोल्पाको सुलिचौरबाट बालुवा लगी गजुल काप्रा भन्ने स्थानमा जानेक्रममा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ लोबाङ स्थित कच्ची सडकमा ट्क्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टरका सह–चालक सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ का वर्ष २० का खुमे थापा रहेका छन् । ट्याक्टर सडक बाट करिव ६० मिटर तल खसेको छ ।

गम्भीर घाइते भएका थापाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको हो । ट्याक्टरका चालक सुनिलस्मृति गाउँपालिका ३ का २४ वर्षका यमराज विष्ट गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागी बुटवल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिनु भएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्