२०८० फाल्गुन १२ गते शनिवार

लालमटियामा महोत्सव सुरू



११ चैत, घोराही – राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा आज देखि राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सव सुरू भएको छ । कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा महोत्सव सुरू भएको हो ।

संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्माले किसानहरूलाई सरकारबाट सौहलियतमा कृषि औजार पाउन नसकेको बताउनुभयो ।

अहिले सरकारले कृषकहरूमा चर्को व्याज असुलि रहेकोमा दुख व्यक्त समेत गर्नुभयो । त्यसै गरि कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले लुम्बिनी प्रदेश सरकारको अर्थतन्त्रमा यस महोत्सवले महत्त्वपूर्ण टेवा पु¥याउने बताउनुभएको छ ।

महोत्सवमा १७१ वटा स्टल निर्माण गरिएको छ । ८ करोड बराबरको कारोवार गर्ने र ४ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्