११ चैत्र, घोराही- राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले बैशाख ३० को स्थानीय तहको निर्वाचनबाट राष्ट्रविरोधिहरुलाई सबक दिनुपर्ने बताउनु भएको छ । गढवा गाउँपालिकामा आज भएको जिल्ला स्तरीय भेलामा उहाँले राष्ट्र विरोधी तत्वलाई सबक नदिने हो भने यो भन्दा पनि गम्भीर प्रकारका राष्ट्रघात हुदै जाने बताउँदै मतदातालाई सचेत बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले अहिलेको राज्य सत्ता दलाल पुजिपतीको हातमा भएकोले ती शक्तिलाई जनताले पराजित गर्नु पर्ने बताउनु भयो । जनबिरोधीलाइ ठेगान लगाउने बेला ध्यान नदिए सधैंभरी उनीहरुले जनतालाई दबाएर राख्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल युबक संघका पर्ब केन्द्रिय अध्यक्ष काूिशनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, जिल्ला सदस्य दिनमणी आचार्य, सल्लाहकार गुणनिधी शर्मालगायतले मन्तव्य राख्नु भएको थियोे ।
पालिका उपाध्यक्ष नबराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सचिब टुकमान कुवरले र अध्यक्ष पालिका अध्यक्ष कपिलदेब खनालले गर्नु भएको थियोे । भेलाले गुणनिधी शर्माको सयोजकत्वमा पाच सदस्यीय निर्वाचन परिचालन समिती र चित्र एमसिको सयोजकत्वमा २ सय ५१ सदस्यीय प्रचारप्रसार समिती गठन गरेको छ ।।