११ चैत,घोराही – नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङले लमही, घोराही, तुलसीपुर सडकखण्ड स्तरउन्नतीमा भएको ढिलाई एवं लापरवाही प्रति जिल्ला प्रशासन कार्यालयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।
विकास निमार्णमा भएको ढिलाई र वेवास्ताका कारण सर्वसाधारण नागरिक तथा जिल्ला बासीले सास्ती भोग्नु परिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हालसम्म ६÷७ प्रतिसत मात्र निमार्ण कार्य सम्पन्न भएको भन्दै ध्यानाकर्षण गराइएको हो ।
जिल्लाको मुख्य सडकखण्ड निमार्णको नाममा लामो समयसम्म अस्तव्यस्त भएका कारण यात्रुहरुले जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका छन् भने यसले दुर्घट्नाको जोखीम समेत बढाएको छ ।
साथै आर्थिक लेनदेनको मुद्धामा सडक निमार्ण कम्पनीका प्रतिनिधी पक्राउ परिसकेकाले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको माग गरेको छ । यसैगरी समयमै निमार्णकार्य सम्पन्न नभएमा थप सघर्षका कार्यक्रम घोषणा गरिने नेपाली काँग्रेस दाङका सचिव अजूर्न कुमार योगीले जानकारी दिनुभएको छ ।।