२०८० फाल्गुन १२ गते शनिवार

भोलिबाट घोराहीमा हुन लागेको ‘दाङ क्रिकेट लिग’को ट्रफी सार्वजनिक




११ चैत्र, घोराही,
निकै महत्वका साथ हेरिएको ‘दाङ क्रिकेट लिग’को ट्रफी सार्वजनिक गरिएको छ । भोलिबाट दाङको घोराही १७ गुलरिया क्रिकेट मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताको ट्रफी आज एक समारोहका बीच सार्वजनिक गरिएको हो । उक्त ट्रफी प्रेस काउन्सिलका सदस्य एवं दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार शरद अधिकारीले सार्वजनिक गर्नुभयो ।

सो अवसरमा संघका अध्यक्ष एवं लिग संयोजक प्रदीप मजगैयाले भोलिबाट आगामी १७ गतेसम्म हुन लागेको लिगमा पाँच वटा व्यावसायिक टीमले प्रतिष्पर्धा गर्ने भएका छन् । जिल्लाको क्रिकेट इतिहासमा खेलाडी किनबेच गरेर व्यावसायिक रुपमा खेलाउन थालिएको प्रतियोगिताले क्रिकेटको प्रवद्र्धनसँगै खेलाडी उत्पादनमा टेवा पुुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका लागि आवश्यक मैदानमा तीन वटा पिच निर्माण, पेभेलियन बक्स, मिडिया बक्सलगायतका क्रिकेट खेल्नका लागि आवश्यक पूर्वाधारहरु निर्माणको काम पूरा भएको लिग संयोजक मजगैयाले बताउनुुभयो । प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । टिममा जिल्लादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका अनुुभवी खेलाडी सामेल भएकाले प्रतियोगिता निकै रोमाञ्चक हुने खेलप्रेमीहरुको अपेक्षा छ ।

अक्सनमा आधारित प्रतियोगिताले जिल्लाको खेलक्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने आयोजकको भनाई छ । भोलि बिहान ८ बजे हुने लिगको उदघाटन घोराही उपमहानगरपालिकाका नगरप्रंमुुख नरुलाल चौधरीले गर्नुहुने भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्