२०८१ असार २ गते शनिवार

वैध र अवैध हातहतियार बुझाउन दाङ प्रशासनको आग्रह




११ चैत्र, घोराही –
निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय दाङले वैध र अवैध हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै इजाजत प्राप्त र बिना इजाजतका हातहतियार चैत्र मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

इजाजत पाएर र इजाजतबिना अवैध रुपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।

इजाजत प्राप्त हातहतियार भने स्थानीय तहको निर्वाचनपछि फिर्ता गरिने बताइएको छ । बिना इजाजत तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिने जारी सूचनामा उल्लेख छ ।

निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन वैध र अवैध सबै प्रकारका हतियार बुझाउन लगाइएको अधिकारी रेग्मीले जानकारी दिनुभएको छ । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने कार्यतालिका रहेको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्