२०८१ जेष्ठ ३० गते बुधवार

दाङमा दुई डिएसपी सहित छ जना सुरक्षाकर्मी पुरस्कृत



११ चैत, घोराही – दाङमा दुई जना डिएसपी सहित छ जना सुरक्षाकर्मीलाई पुरस्कृत भएका छन् । रुकुम पश्चिम बाँफीकोट ९ घर भई हाल तुलसीपुर ४ नयाँबस्ती बस्दै आएका २४ बर्षिय जनक देवकोटालाई अपहरण गरिएको र ५० लाख फिरौती माग गरेको घटनामा सहि अनुसन्धान र प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजाल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याल, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक ह्रदेश सापकोटा, लुम्बिनी प्रदेश कार्यालय दाङका प्रहरी सहायक निरीक्षक युवराज गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी हवल्दार देव बहादुर विक र प्रहरी चौकी दुईखोलीका प्रहरी जवान गोपिलाल चौधरीलाई नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी प्रमुख सुरेस प्रसाद काफलेले जानकारी दिनुभयो ।

उहाका अनुसार क्रमश उनीहरुलाई एक हजार पाँच सय, एक हजार दुई सय, एक हजार, आठ सय र सात सय रुपैयाले पुरस्कृत गरिएको हो ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्