२०८० फाल्गुन ११ गते शुक्रवार

लुम्बिनीमा ३० प्रतिशत जनता अझै टुकीको भरमा



११ चैत , घोराही – प्रदेशका सबै घरधुरीमा विद्युतको आपूर्ति पु¥याउने गरी लुम्बिनी प्रदेशलाई आगामी पाँच वर्षभित्र उज्यालो प्रदेश बनाइने भएको छ । प्रदेश सरकारको ऊर्जा तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेको हो ।

प्रदेशमा हाल ३० प्रतिशत घरधुरीमा विद्युत पुग्न नसकेको र कार्यक्रम कार्यान्वयनमा ल्याउन करिब तीन अर्ब रुपैयाँ बजेट खर्च हुने ऊर्जा तथा सिंचाई मन्त्री वीरबहादुर रानाले बताउनुभयो ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुकुम पूर्वमा ७.७५ प्रतिशत र रोल्पामा ५८.१४ प्रतिशत, गुल्मीमा २०.६० प्रतिशत, पाल्पामा २०.१० प्रतिशत, कपिलवस्तुमा १८.८ प्रतिशत, बाँकेमा १७.५२ प्रतिशत विद्युतीकरण हुन बाँकी रहेको छ ।

यस्तै नवलपरासी पश्चिममा १४.९२ प्रतिशत, दाङमा १३.९२ प्रतिशत, रुपन्देहीमा १२.५३ प्रतिशत, प्युठानमा ९.४७ प्रतिशत, अर्घाखाँचीमा १९ प्रतिशत र बर्दियामा ४.९२ प्रतिशत घरधुरीमा विद्युतीकरण हुन बाँकी रहेको मन्त्रालयका सचिव दीपक घिमिरेले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्