२०८१ साउन ३ गते बिहिवार

व्यावसीक सचेतना सुरु



१२ चैत,घोराही ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीलाई सचेत गराउन थालेको छ । संघले आज देखि व्यावसीक सचेतना सुरु गरेको हो । यस अभियानलाइ सबै व्यावसाय सम्म पु¥याइने संघले जनाएको छ ।

विभिन्न समयमा व्यवसायीहरुलाई सचेत बनाउदै आएको उद्योग वाणिज्य संघले पुनः सचेत बनाउन थालेको हो ।

अभियानमा व्यवासाय सञ्चालनको क्रममा आवस्यक पर्ने आयकर, मुल्य अभिवृद्धि कर, अन्त शुल्क, खरिद बिल, विक्री व्यवस्र्थीत तरिकाले राख्नु पर्ने, दर्ता प्रमाण पत्रहरु देखिने गरि राख्नु, मुल्य सुचि राख्नु पर्ने म्याद सकिएका वस्तु छुट्टै राख्नु पर्ने, लगाएतका बारेमा जानकारी दिइने छ ।

त्यसै गरेर व्यवसाय सञ्चालनका क्रममा आवस्यक पर्ने निकायमा दर्ता तथा समयमा नविकरण बारेमा जानकारी एवम सजक गराइने संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिनुभयो ।

नाप तौल संग सम्वन्धीत उपकरणहरु जस्तै ढक, तराजु, आदि जस्ता सामानको वैधानिकता बारे सजक एवम जानकारी दिइने अध्यक्ष वुढाथोकीले बताउनुभएको छ । उहाँका अनुसार खाद्य तथा गुणस्तर संग सम्वन्धीत विषयहरु बारेमा सजक एवम जानकारी दिइन,उपभोक्ता अधिकारका बारेका सजक एवम जानकारी गराइने छ ।

सचेतना अभियानमा व्यवसायीक सचेतना संगै कोरोना सङक्रमणको समयमा कसरी सुरक्षीत भएर व्यावसाय सञ्चालन गर्ने भन्ने बारेमा सचेतना गराइने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्