२०८२ बैशाख १३ गते शुक्रवार

घोराहीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न



१२ चैत,घोराही ।
घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । उपमहानगरको आयोजना तथा ग्रामिण महिला उत्थान केन्द्रको सहजिकरणमा दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको हो ।

यस आर्थिक बर्षका लागि तय भएका कार्यक्रम तथा बजेटको प्रगति र नगरबासीहरुको गुनासा एवं सुझाबका बिषयमा समिक्षा गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले नगरवासीकै आवस्यकता र मागका आधारमा योजनाहरु छनोट भई कार्यान्वयनमा रहेको बताउनुभयो ।

नगरप्रमुख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले जनताकै मागका आधारमा तय भएका कार्यक्रमहरु सरकारको नभई जनताकै भएको भन्दै अपनत्व ग्रहण गर्न आग्रह समेत गर्नुभयो ।

सरकारले तय गर्ने कार्यक्रम र बजेटलाई आफ्नो सम्पत्ती ठानेर उपभोक्ताहरुले ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नगरबासीहरुले वडास्तरमा सम्पन्न गरिने कामको भुक्तानी वडा स्तरबाटै लिने व्यवस्था मिलाउनु पर्ने, प्राविधिक विषय पढाई अध्ययनपछि स्वरोजगार बनाउने, नगरभित्र निर्माण गरिएका पुल क्षेत्रमा सडक कच्चि भएकाले धुलो नियन्त्रण लगाएतका विषमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षको अहिले सम्म चालुतर्फ ५६ करोड ९१ लाख ९४ हजार ८ सय ३ र पुजीगततर्फ २२ करोड ६३ लाख ८ हजार ८ सय ५ गरी जम्मा ७९ करोड ५५ लाख ३ हजार ७ सय ४० हजार रुपैयमा खर्च भएको नगरले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्