२०८१ असोज २४ गते बिहिवार

आज दाङका दुइ जनामा कोरोना पुष्टि



१२ चैत,घोराही ।
आज दाङका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परिक्षण गर्दा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

घोराहीमा बस्दै आएका तुलसीपुरका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको हो । संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र १७ का २ महिलाहरु रहेका छन् ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ८ सय २२ पुगेको छ । तर, सक्रिय भने आज थपिएका दुई संक्रमित मात्रै हुन् । कोरोनाको संक्रमणदर वढ्दै जाने देखिएकाले सवैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह स्वाथ्य कार्यालय दाङले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्