२०८१ साउन ५ गते शनिवार

भिडभाड हुने कार्य नगर्न दाङ प्रशासनको आग्रह



१२ चैत,घोराही ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार सुचना जारि गर्दै भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले दाङ जिल्ला खुल्ला सिमानाको कारण सिमानाकाहरुबाट मानिसको आवतजावत बढिरहेको र शहर एवं ग्रामीन क्षेत्रमा समेत मानिसको भिडभाड हुने गरेकोले सचेत रहन आग्रह गरेको हो ।

गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाइ छ ।कोभिड–१९ को जोखिमबाट बच्न नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षा लगायतको मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्ने तथा मापदण्ड उल्लघंन गर्नेहरुलाई संक्रामक रोग, २०२० बमोजिम कारबाही गर्ने कार्यालयको भनाई छ । फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड हुन नदिन एवं स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्डको पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउन आग्रह गरेको छ ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न कार्यक्रमहरु संचालन गर्नका लागि यस अघि सहमति लिएको भएपनि उक्त अनुमति रद्ध गरिएको र त्यस्ता कार्यक्रमहरु संचालन नगर्न सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सुचना मार्फत जानकारी गराउनुुभएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्