१३ फागुन,घोराही –
स्थानीय सरकार र नागरिक समाज बीच सार्वजनिक सेवा प्रवाहमा भईरहेको कामका बारेमा अन्तरक्रिया गरिएको छ । दुुई संस्थाबीचको सेवा प्रवाह र वार्षिक सर्वेक्षण नतिजा प्रस्तुुतिकरणसँगै भए गरेका कामको आज एक कार्यक्रम गरी समिक्षात्मक विमर्श गरिएको हो ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुुख नरुलाल चौधरीको अध्यक्षतामा गरिएको अन्तरक्रियामा स्थानीय सरकारको सुशासनको अवस्था, सार्वजनिक सेवा प्रवाहमा नागरिकको पहुुँच, जनप्रंतिनिधिको कार्य सम्पादनका बारेमा समिक्षा गरिएको थियो । यसैगरी, सार्वजनिक सेवामा प्रशासनिक उपस्थिती, सामाजिक समावेशीकरण, स्थानीय तहको योजना तर्जुमा, नागरिकको अभिमत, जिल्लाका पालिकाहरुको वर्तमान अवस्थाका बारेमा पनि अनुुभव आदानप्रदान गरिएको थियो ।
साझेदारी संघीयता सहयोग कार्यक्रमले आयोजना गरेको कार्यक्रममा मुुक्तकमलरी विकास मञ्चका एचबी थापा, सिसा नेपाल संस्थाकी अध्यक्ष साजिला सिद्धिकी, मानव तथा वातावरण कल्याण केन्द्रका श्रीमन न्यौपानेलगायतले धारणा राख्नुुभएको थियो । यसअघि जिल्लाको दंगीशरण र तुलसीपुरमा पनि कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजीकरण नवीन चौधरीले गर्नुभएको थियो ।।