२०८१ माघ १२ गते शनिवार

दाङमा अझै पनि केही प्रतिशत नागरिकले ढिके नुनको प्रयोग गर्दै



१३ फागुन,घोराही -दाङमा अझै पनि केही नागरिकले ढिके नुनको प्रयोग गर्दै आएका छन् । आयोडिनयुक्त नुन स्वास्थ्यका लागि फाइदाजनक भएपनि नागिरकको भान्सामा भने ढिके नुन नै प्रयोग हुँदै आएको छ । विशेषगरी जिल्लाको पहाडी र दुर्गम क्षेत्रका नागरिकले ढिके नुन प्रयोग गर्दै आएका छन् ।
उनीहरूले हालसम्म आयोडिनयुक्त नुन प्रयोग गरेका छैनन् ।

पहिले भान्सामा र गाईबस्तुलाई समेत खुवाउने गरेको ढिके नुन अहिले पनि प्रयोगमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीका कार्यालय प्रमुख रामबाबु प्रसाद गुप्ताले जानकारी दिनुभयो । अझैपनि दुर्गम तथा पहाडी भेगमा ढिके नुन प्रयोग हुने गरेको उहाँको भनाई छ ।

आयोडिनयुक्त नुनको प्रयोगले कुपोषणबाट बचाउने र स्वास्थ्यका लागि फाइदाजनक भएपनि जिल्लामा कुल जनसंख्याको ५ प्रतिशत नागरिक यसको पहुँच बाहिर रहेको उहाँले बताउनुभयो । अझैपनि विभिन्न स्थानमा ढिके नुनको प्रयोग हुँदै आएकाले आयोडिनयुक्त नुन प्रयोगका लागि जिल्लामा सचेतनाका कार्यक्रमहरु भईरहेको प्रमुख गुप्ताले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्