२०८१ चैत्र १० गते आइतवार

निर्वाचन गतिबिधि नगर्न उच्च अदालत तुलसीपुरको आदेश



१३ फागुन,घोराही ।

उच्च अदालत तुलसीपुरले निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई आदेश दिएको छ । संस्थाले साधारणसभा नै नगरि नयाँ नेतृत्व चयन गर्न थालेपछि उच्च अदालत तुलसीपुरले फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनै गतिबिधि नगर्न आदेश दिएकोे हो ।

तुलसीपुर निवासी यमुना कडेल शाहले अदालतमा रिट हालेपछि बिहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेशराज पोखरेलको एकल ईजलासले अल्पकालिन आदेश दिएको अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिनुभयो ।

शाहले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई समेत विपक्षी बनाएर अदालतमा रिट हाल्नु भएको थियो । यदि आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए म्याद तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ सहित अदलातमा उपस्थित हुन अल्पकालिन आदेश दिएको छ ।

संस्थाको आगामी नेतृत्व चयनका लागि निर्वाचन समितिले फागुन २२ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्