२०८२ बैशाख १८ गते बुधवार

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सडक विस्तार



१३ फागुन,घोराही ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सडक विस्तार गरिएको छ । लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखि कर्णाली प्रदेशको सिमाना सम्म प्रदेश लोकमार्ग निर्माण सुरु गरेको हो ।

सडक निर्माणको कामलाई चुस्तदुस्त बनाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको पहाडी तीन जिल्ला, पाल्पा, अर्घाखाँची र प्यूठानमा कार्यालय स्थापना गरी काम गर्दै आएको छ ।

अहिले पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पाको विभिन्न खण्डमा सडक निर्माणको काम भइरहेको छ । लुम्बिनी प्रदेशको सिमाना पाल्पाको रामपुरदेखि कर्णाली प्रदेशको सिमाना सल्यानको कपुरकोटसम्म सडकको लम्बाई २ सय ९० किलोमिटर रहेको छ ।

प्यूठानको स्वर्गद्वारी, मल्लरानी हँुदै रोल्पा जिल्लामा सडक पुगेको छ । रोल्पाको दहवनदेखि लिगलपाली हुँदै यो सडक लुम्बिनी प्रदेशको पहाडी क्षेत्रको पश्चिम सिमाना सल्यानको कपुरकोट गाउँपालिकामा जोडिएको छ ।

पहाडबाट तराईमा बढ्दो बसाई सराईलाई नियन्त्रण लिने, उत्पादनमा वृद्धि गर्ने, नयाँ नयाँ धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने र समग्र प्रदेश भित्र उत्तर दक्षिणसंगै पूर्व–पश्चिम दुबैतर्फबाट जोडिने राजमार्गको विकास गर्ने महत्वाकांक्षी योजनाका साथ यो आयोजना सुरु गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्