२०८१ चैत्र १० गते आइतवार

नेकपा ओली पक्षको स्थायी कमिटी बैठक स्थगित



१३ फागुन,घोराही ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको समूहले बिहीवारको लागि बोलाएको स्थायी कमिटी स्थगित भएको जनाएको छ । बुधवारदेखि शुरू भएको बैठक बिहीवार बिहान बस्ने तयारी थियो । तर बिहीवारको बैठक स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बुधवारको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको थियो । बैठकमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उर्जा मन्त्री टोपबहादुर रायमाझी , खानेपानी मन्त्री मणिचन्द्र थापा, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल लगायत नेताहरूको उपस्थित थियो ।

बैठकमा सर्वोच्च अदालतले गरेको फैसला अनपेक्षित भएपनि स्वागत गर्ने निर्णय भएको थियो । प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषयमा दलहरुसँग परामर्श गर्ने लगायतका विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्