२०८१ मङ्सिर २४ गते सोमवार

राष्ट्रियसभा निर्वाचन भोलीः दाङमा तयारी पुरा




११ माघ,घोराही – भोली हुने राष्ट्रियसभा निर्वाचनको दाङमा तयारी पुरा भएको छ । आगामी फागुुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिने भएपछि भोली निर्वाचन हुने भएको छ । लुम्बिनी प्रदेशमा ३ सिट खाली हुने भएपछि हुन लागेको निर्वाचन अन्तरगत दाङको घोराहीमा मतदान स्थलको निर्माण कार्य पुरा भएको छ ।

कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका लागि अहिले बुथ निर्माणको काम आज बेलुका सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । लुुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेको हो । यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेद्वार बिच प्रतिस्पर्धा हुने भएको छ ।


जस अनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहनुुभएको छ । उता एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहनुुभएको छ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र स्थानिय तहका प्रमुख र उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ ।


भोली बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।।

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्