११ माघ,घोराही –
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) अन्तर्गतका सबै परीक्षा स्थगित भएका छन । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै परीक्षा स्थगित भएको सिटिइभिटीले जनाएको छ ।
सिटिइभीटीले भोली सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगितका बारेमा जानकारी गराउने जनाएको छ । अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरीने र परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीको तयारी रहेको छ ।।
प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार