११ माघ,घोराही –
तुलसीपुर उपमहानगरपालिका ८ अश्वारमा रहेको मेट्रो अस्पतालमा खोप सेवा कार्यक्रम स्थगित भएको छ । अस्पतालको खोप शाखामा कार्यरत कर्मचारीहरुमा संक्रमण देखा परेपछि तिन दिन सम्म खोप सेवा कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रकाश साहुले एक सुचना जारी गर्दै आउदो विहिवार सम्मका लागी खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । अस्पतालबाट कोरोना संक्रमण विरुद्धको खोप कार्यक्रम भईरहेको अवस्थामा कर्मचारीहरु संक्रमित भएपछि स्थगित गरिएको सुचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार