२०८१ मङ्सिर २५ गते मङ्गलवार

घोराही आउदै गरेको टिप्परमा आगलागि



९ पुुस,घोराही –
दाङको लमहीबाट घोराही तर्फ आउदै गरेको टिप्परमा आगलागि भएको छ । आज साँझ करिव ८ बजेको समयमा लमहीबाट बालुवा लिएर घोराही तर्फ आउदै गरेको रा १ ख २३१२ नम्बरको टिप्परमा आगलागि भएको हो ।

घोराही ३ मुसोटको उकालोमा हिड्दै गरेको गाडिको वायरिङ सर्ट भएर आगलागि भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसिले जानकारी दिनुुभयो ।

आगलागिबाट मानबिय क्षेती भएको छैन भने गाडीको अगाडिको भागमा पुर्ण रुपमा क्षेती पुुगेको चालक सितल चौधरीले बताउनुुभयो । ओगलागि भएको केहि समयमै आगो नियन्त्रणमा आएको हो । आगो प्रहरी चौकी गोग्लीका प्रहरी नायब निरीक्षक गोपाल चन्द, प्रहरी नायब निरीक्षक जिसि र घोराही उपमहानगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।।

 

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्