९ पुस,घोराही –
तुलसीपुर १९ हाडिमेमा रहेका नयाँ पाईला पुर्नस्थापना केन्द्र (सुधार गृह)ले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख एवं डिएसपी श्यामु अर्यालसंग अन्तरक्रिया गरेको छ । आज सुधार गृहमा रहेका ४५ जना उपचाररत व्यक्तिहरुसंग समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत डिएसपी अर्यालले लागुपदार्थ दुव्र्यसन, यसका कारण,असर र सुुधारको प्रक्रिया,ऐन कानुुन लगाएतका विषयमा जानकारी दिनुुभएको थियो । सुधार गृहमा किन आईपुुगे र अव आफु कसरी परिवर्तन हुुने भन्ने विषयमा व्यक्तिले स्वमुल्याङकन गर्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै उहाँले अहिलेको समयमा युवा पुस्ता यस्ता कुलतमा फस्ने गरेको बताउनुुभयो । युवा पुस्ता नै कुलतमा फसेपछि देशको आर्थिक, सामाजिक संरचनामा नकारात्मक असर गर्ने हुँदा ‘युवा दुव्र्यसनी’ हरेक देशको लागि चिन्ताको विषय बनेको उहाँको भनाई थियो ।
साथै नयाँ पाईला पुर्नस्थापना केन्द्रले लामो समयदेखि कुलतमा फसेका व्यक्तिको जिवन परिवर्तनमा महत्वपुर्ण भुुमिका निर्वाह गरेको प्रति सम्मान व्यक्त गर्नुभयो । कार्यक्रम सुधार गृहका निर्देशक सुरेश भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।।