९ पुस, घोराही-
लुुम्बिनी प्रदेश स्तरिय (आई टि एफ) तेक्वान्दो प्रतियोगिता आजबाट घोराहीमा सुरु भएको छ । दाङ जिल्ला आई टि एफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगीतको उद्घाटन लुम्बिनी प्रदेशका कानुुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहुुनभएका मन्त्री घर्तीले खेलाडि राष्ट्रका गहना भएको भन्दै राज्यले अबसरको सृजना गर्नतर्फ अग्रसर भएको बताउनुुभएको छ । खेलकुदले राष्ट्रलाई उच्च बनाउन सक्ने भएकोले अहिलेका युवाहरु पनि राष्ट्रिय स्तरका खेलमा सहभागी हुनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले खेल क्षेत्रको प्रबद्र्धनमा आवश्यक नीतिगत निर्णय र पूर्वाधारहरुको विकासमा प्रदेश सरकार लागिपरेका बताउनुुभयो । प्रतियोगितामा दाङ, बाँके, बर्दिया, अर्घाखाची, गुल्मी, कपिलबस्तुु, पाल्पा र रुपन्देही जिल्लाका गरि करिव २ सय ५० खेलाडि सहभागि रहेको दाङ जिल्ला आई टि एफ तेक्वान्दो संघका अध्यक्ष भिमबहादुुर थापाले जानकारि दिनुभयो ।
आउदो ९ औं राष्ट्रिय खेलकुुद प्रतियोगिता तयारीको लागि खेलीने खेलमा २० देखि ६० केजि सम्मका महिला र २० देखि ७० केजि सम्मका पुरुष खेलाडि विच प्रतिस्पर्दा हुुने छ ।
चौघेरा आई टि एफ तेक्वान्दो डोजाङका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका सल्लाहकार मिनराज घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सल्लाहकार केशव गिरीले गर्नुभएको थियो । प्रतियोगिता आज र भोली संचालन हुुने आयोजकले बताएको छ ।।