२०८१ मङ्सिर २५ गते मङ्गलवार

काँङ्ग्रेस केन्द्रिय समितीमा दाङका ५ जना निर्वाचित



९ पुस,घोराही – नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा दाङवाट पाँचजना निर्वाचित भएका छन् । हिजोसम्म भएको मतगणनाको अन्तिम परिणाममा दाङबाट पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

१४ औं महाधिवेशनमा दाङबाट उम्मेदवारी दिएका १० जनामध्ये पाँचजना निर्वाचित भएका हुन् । काँग्रेस केन्द्रीय सदस्यमा पूर्वमन्त्री दीपक गिरी, पूर्वसांसद गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी र शीला शर्मा खड्का केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

दीपक गिरीले शेखर कोइरालाको प्यानलबाट केन्द्रीय उम्मेदवारी दर्ता गरेर खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । देउवा प्यानलबाट पूर्वसांसद गेहेन्द्र गिरीले उमेदवारी दर्ता गरेर खसआर्यबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । केन्द्रीय सदस्यमा निर्वाचित हुने शिला खड्का दिवंगत खुमबहादुर खड्काकी श्रीमती हुनुहुन्छ ।

उहाँ पनि देउवा प्यानलबाट लुम्बिनी प्रदेशको महिला कोटाबाट निर्वाचित हुनुभएको हो । योगेन्द्र चौधरी थारू कोटाबाट र कृष्णकिशोर घिमिरे खुला सदस्यमा देउवा प्यानलबाट उमेदवारी दिएर निर्बाचित हुनुभएको हो ।।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्