२०८१ मङ्सिर २५ गते मङ्गलवार

भागबण्डामा तुलसीपुर खानेपानी कार्यसमितिको टुङ्गो लाग्यो



९ पुस,घोराही – तुलसीपुर खानेपानी उभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा टुङ्गो लगाउने सहमति भएको छ । स्रोतका अनुसार अध्यक्ष नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, सचिव नेकपा एमाले, कोषाध्यक्ष विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई परेको छ ।

त्यसैगरी राप्रपा, जनमोर्चा, जसपा, नेकपा क्रान्तिकारीलाई एक÷एकजना सदस्य पद दिने सहमति भएको छ । यद्यपी आधीकारिक रुपमा पुष्टि हुन भने बाँकी रहेको छ । सर्वदलिय बैठक हिजो राती १० बजेसम्म बसेको थियो ।

वर्तमान कार्य समितिका पदाधिकारीलाई भने आगामी नेतृत्वका लागि नराख्ने भन्नेमा पनि छलफल भइरहेको छ । खानेपानीको निवार्चन आगामी पुस १७ गते तोकिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्