२०८१ चैत्र ११ गते सोमवार

लमहीमा शनिबार देखि प्रधानमन्त्री कप हुने



९ पुस,घोराही ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबार देखि शुरु हुने भएको छ । दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन ।

राष्ट्रिय खेलकूद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिनुभयो । समूह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, प्रदेश नं २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन भने समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ छन ।

प्रतियोगिताका सबै खेल २० ओभर खेलाइने छन । उद्घाटनको दिन दोस्रो खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुने क्यानले जनाएको छ । दुवै समूहको शीर्ष दुई दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । प्रतियोगिताको फाइनल खेल पुस १९ गते खेलाइने भएको छ ।।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्