९ पुस, दाङ । गएको २४ घण्टामा सात सय ३९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४७ हजार चार सय पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ६ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५६ हजार पाँच सय ९२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय आठ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार तीन सय ८४ रहेको छ ।
प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार