२०८१ चैत्र १३ गते बुधवार

रुकुम पश्चिमको नेकपा पार्टी कार्यालयमा मैन बत्ति बालेर ओलीको सम्मान



९ पुस ,रुकुम पश्चिम ।
नेकपाको फुट सँगै देशभर पाटी कार्यालय कसले कब्जा गर्ने भन्ने होडबाजि चलिरहेको बेला रुकुम पश्चिमको नेकपा पाटी कार्यालयमा मैन बत्ति बालेर केपी ओलीको सम्मान गरिएको छ । तत्कालीन नेकपा एमालेको पाटी कार्यालय रहेको भवनमा रहेको नेकपा पाटी कार्यालयको प्राङ्गणमा बुधबार साँझ केपी ओली पक्षधर युवाहरूले दिप प्रज्वलन गरेका हुन ।

राष्ट्रिय युबा संघ रुकुम पश्चिमका सह-संयोजक हरिभोल भारतीको नेतित्वमा तत्कालीन नेकपा एमालेको चुनावी गित बजाउँदै उनिहरुले केपिको पक्षमा दिप प्रज्वलन गरेका थिए ।रुकुम पश्चिममा केपी ओली पक्षधर कमजोर मानिएपनि दिप प्रज्जवलन गरेर आफ्नो उपस्थिति सकृय रहेको राष्ट्रिय युबा संघ रुकुम पश्चिमका सह-संयोजक हरिभोल भारतीले बताएका छ्न ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्