२०८२ बैशाख ९ गते सोमवार

लुकाइछिपाइ राखेको भरुवा बन्दुक सहित हातहतियार बरामद



९ मंसिर। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले लुकाइछिपाइ राखेको अवैध लोड गरिएको एकनाल भरुवा बन्दुक सहित विभिन्न हात हतियार बरामद गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास स्थित अन्तरखोला जंगलबाट सोमबार विहान छ बजे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त गस्तीले रोड ब्लक तथा खोजी कार्वाहीमा लोड गरिएको एकनाल भरुवा बन्दुक, छवटा छर्रा (गोली), कैचि एक थान, सिंयो एकथान, बारुद दुई डिब्बा, पटकका चार थान र झोला एकथान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवैध हातहतियार बरामद गरि जिल्ला प्रहरी कार्यालय दाङमा ल्याईयो हो । यस भन्दा अगाडि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नाकाबाट बाट ५२ वटा अवैध खसि र लोड गरिएको एकनाल भरुवा बन्दुक सहित विभिन्न हातहतियार बरामद गरि प्रहरीलाई बुझाएको थियो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्