२०८२ बैशाख १८ गते बुधवार

तुुलसीपुरमा महशुुल नबुुझाउने ग्राहकको लाईन काट्न सुुरु



७ कार्तिक, घोराही –
नेपाल विद्युुत प्राधिकरण तुुलसीपुुर वितरण केन्द्रले लामो समय देखि विद्युुत महशुुल नबुुझाउने ग्राहकको लाईन काट्न सुुरु गरेको छ । प्राधिकरणले विद्युुत महशुुल समयमा बुुझाउन ताकेता गरेपनि अटेर गर्ने ग्राहकको लाईन काट्न सुुरु गरेको हो । यो संगै बक्यौता महशुुल उठ्ने क्रमपनि बढेको छ ।

कात्तिक लागे यता मात्र रकम उठाउन बाँकी रहेका ७० घरको लाईन काटिएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष ०७७÷७८ मा प्राधिकरणले २ सय ८५ ग्राहकको लाईन काटेको थियो ।

प्राधिकरणले अझै ५ करोड ६७ लाख बक्यौता उठाउन बाँकी छ । चालुु आर्थिक वर्षको अन्त्य सम्म ३ करोड अससरल गर्ने लक्ष्य छ । मिटर रिडिङ भएको ६० दिन भैसक्दा पनि महशुुल नतिरेका ग्राहकलाई कालो सुुचिमा राखेर वितरण केन्द्रले लाईन काट्न थालेको हो ।।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्