२०८१ माघ १२ गते शनिवार

सल्यानबाट तुलसीपुर आउदै गरेको जीप दुर्घटना, ८ जना घाईते



७ कात्तिक,घोराही –
सल्यानमा जीप दुर्घटना भएको छ । जिल्लाको थारमारेबाट दाङको तुलसीपुर तर्फ आउदै गरेको भे १ त १८९० नम्बरको जीप दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका ३ बनस्पती खोलामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर घाईते हुनेमा बागचौर २ बस्ने २० वर्षिय चालक हिक्मत पुन मगर, सोही ठाउँका १९ वर्षिय अर्जुन के.सी, बागचौर १ का १४ वर्षिय आयुस बस्नेत, २२ वर्षका मनोज बस्नेत रहेका छन ।

त्यस्तै बागचौर २ की २७ वर्षिय सिता ओली, सोही ठाउँकै वर्ष २८ कि बबिता रावल र उहाँकी ११ वर्षिय छोरी एसिका रेउले घाईते भएका छन् ।
जीपमा सवार एक जना अन्दाजी ३५ वर्षी पुरुषको ठेगाना खुलेको छैन भने उनको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको उद्धार गरेर उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।गाडी सडकबाट एक सय मिटर भन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । ।

घाईतेहरुको विवरण:
१)जिल्ला सल्यान बागचौर न.पा.२ बस्ने बर्ष अं.२० को चालक हिक्मत पुन मगर ( टाउकोमा चोट अवस्था मध्यम)
२)ऐ.ऐ. बस्ने बर्ष १९ को अर्जुन के.सी (अवस्था सामान्य हाल कपुरकोट मै सामान्य उपचार )
३ ) जिल्ला सल्यान बागचौर न.पा.१ बस्ने बर्ष अं.१४ को आयुस बस्नेत ( शरिरमा चोट अबस्था बोल्न सक्ने मध्यम)
४) ऐ.ऐ.बस्ने बर्ष अं.२२ को मनोज बस्नेत खुट्टामा चोट ( अबस्था मध्यम )
५ ) ऐ.ऐ.२ बस्ने बर्ष अं.२७ कि सिता ओली ( हात र खुट्टामा चोट अबस्था मध्यम )
६ ) ऐ.ऐ.बस्ने बर्ष २८ कि बबिता रावल ( मुखमा चोट अबस्था मध्यम )
७ ) निजको छोरी बर्ष ११ कि एसिका रेउले ( सामान्य )
८) नामथर वतन नखुलेको बर्ष अं.३५ को पुरुष (बेहोस अबस्था सिरियस )
कुल सवार यात्रु संख्या: ८ जना

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्