७ कार्तिक,घोराही – दाङमा दुई लाख बढि रकमसहित १९ जना जुवाडे पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय तुलसीपुरले करिब २ लाख ३० हजार नगद सहित १९ जनालाई पक्राउ गरेको छ ।
दोघरेबाट एक लाख ६८ हजार सहति १२ जना र दुधेनाबाट ७० हजार सहित ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार