२०८२ बैशाख १२ गते बिहिवार

चाडपर्वमा खानपान कसरी गर्ने?



दाङ । चाडपर्व भन्ने वित्तिकै मिठो खाने, राम्रो लगाउने, साथीभाई भेट्ने र मिठा खानेकुरा खाने गरिन्छ। पर्वहरुमा हामी मासुका धेरै परिकार प्रयोग गर्छौं। संसारभर माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई पोषिलो आहारका रुपमा प्रयोग गरिन्छ। शरीरलाई चाहिने प्रोटिनको श्रोतका रुपमा मासुलाई लिइन्छ। प्रोटिनले शरीर निर्माणमा मद्धत गर्छ।

मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेशेदार छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकाले पच्न गाह्रो हुन्छ। परिणामः कब्जियत हुन्छ। अर्को कुरा मासु पच्न धेरै समय लाग्छ र मासु खाँदा शरीरमा भारीपन आई आलश्य बनाउँछ। त्यसैले मासु खानै पर्ने पनि होइन र नखाई नहुने पनि होइन।

हाल संसारभर मासुको प्रयोग भइरहेको छ। स्वास्थ्यका हिसाबले मासु नखाने बाटोमा लाग्नु उपयुक्त हुन्छ तर खानै परे पनि प्रशस्त हरियो सागसब्जी, गाजर, फलफुलसंग मिलाएर खाँदा जति हानी गर्ने हो त्यसबाट बच्न भने सकिन्छ। मासु खाँदा सागसब्जी र सलाद गाजर, फलफुल पनि त्यत्तिकै मात्रामा चाहिन्छ। तर हाम्रो समाजमा भान्छामा मासु पाकेका बेला सागसब्जी र सलादको प्रयोग कम गरेको पाइन्छ अथवा प्रयोग नै गरिँदैन।

जसले गर्दा धेरै स्वास्थ्य समस्या आउँछन्। त्यसैले मासु किन्ने बेला सँगै ताजा तरकारी र फलफुल पनि प्रसस्त किन्ने बानी बसालौं। चाडपर्वमा पनि सागसब्जी र सलादको मात्रा बढाऔं। अरुलाई पनि सागसब्जी र सलाद प्रयोगमा प्रेरित गरौं।

मासु खान मिल्छ भनेर सधैं मासुको प्रयोग गर्नु हुँदैन। पुर्ण स्वस्थ मानिसले मासु खान मिल्छ। तर, दैनिक मासुको प्रयोग गरेमा स्वस्थ मानिस पनि बिरामी हुन्छ। रोग लागेकाले त खानु नै भएन। मासुले कब्जियत, मोटोपन, उच्च रक्तचाप, मधुमेह, कोलस्टेरोल, टाउको दुख्ने जस्ता समस्या आउँछ। तसर्थ मासु नखानु नै लाभदायक हुन्छ। त्यसो त प्रोटिनको श्रोत मासु मात्रै होइन, दाल र गेडागुडी ९भट्मास, मास, चना, रहर आदि०मा पनि पाइन्छ। त्यसमा पनि मासुमा भन्दा भटमासमा बढी प्रोटिन हुन्छ।

पाचनका दृष्टिले पनि मासु भन्दा दाल गेडागुडीमा पाचन प्रक्रियालाई सजिलो बनाउने छोक्रा र बोक्रा हुने हुँदा मासु भन्दा छिटो पच्छ। त्यसैले मासुको सट्टामा दाल, गेडागुडी, भटमास, चना आदिलाई प्रयोग गर्न सकिन्छ।

तर ख्याल गर्नुपर्ने कुरा युरिक एसिड, जोर्नी दुख्ने, सुन्निने समस्या भएकाले गेडागुडी खान मिल्दैन।

स्वस्थ रहन तीन बराबर आहार

तीन बराबर आहार भन्नाले एक भाग अन्न, ९अप्रशोधित र सम्भव भएसम्म कम प्रशोधित खाद्य पदार्थहरु जस्तै नफलेको चामल, चोकरसहितको पिठोबाट बनेका भात, रोटी, ढिंडो, च्याँख्ला आदि पूर्ण अन्नबाट पकाएर बन्ने परिकार०, एक भाग हरियो तरकारी पकाइएको र एक भाग काँचो सलाद फलफुलको बराबर मिश्रण हो।

यसरी तीन बराबर खाना लिँदा शरीरलाई चाहिने ठोस आहार पनि उपयुक्त मात्रामा पूर्ति हुन्छ, पाचनलाई ठीक ढंगले अघि बढाउन आवश्यक छोक्राबोक्रा रेशा पनि प्राप्त हुन्छ र शरीरलाई चाहिने प्राकृतिक रस पनि प्राप्त हुन्छ। तीन बराबर आहार खाँदा सधैं दिसा खलास हुने भएकाले शरीरमा फोहर जम्मा हुने सम्भावना हुँदैन। र, फोहर जम्मा नहुने भएपछि मानिस मोटाउने र विभिन्न जीर्ण रोग लाग्ने संभावना हुँदैन।

यस्तो आहारमा हाम्रो शरिरलार्ई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन्स, मिनरल्श र रेशा प्रसस्त मात्रामा हुन्छ। हरियो सागसब्जी, नफलेको चामल, आँटा र काँचो सलादमा शरीरलाई चाहिने रेशा र फाइबर धेरै हुने हुँदा पेट सफा हुन्छ र कव्जियत हुँदैन। फलस्वरुप दीर्घ रोग लाग्दैन।

साधारण अवस्थामा तीन बराबर आहार सबैका लागि निरोगी रहने अचुक उपया हो। यसरी खाँदा सबैलाई लाभ हुन्छ। तर जीर्ण, दीर्घ रोग लागेकाहरुले विज्ञसंग परामर्श लिएर मात्र आहार मिलाउनु बेस हुन्छ।

तीन बराबर आहारले शरीरमा भारीपन आउँदैन र शरीर फुर्तिलो हुन्छ। एसिडिटी हुन दिँदैन, कव्जियत हुँदैन, फलस्वरुप मोटोपन हुँदैन। मोटोपन नभएपछि अरु समस्या आउँदैन। निरोगी भइन्छ।

खाना खाँदा सलाद भने खाना खानु अगाडि होइन, खाना पछि खानु पर्छ। खाना खाएपछि सलाद खाएमा खानाबाट उत्पन्न हुने एसिडिटीलाई न्यूट्रिलाइज गर्छ। अर्को ध्यान दिनु पर्ने कुरा सलाद चपाई चपाई खानु पर्छ। सलाद राम्रोसँग चपाई चपाई नखाएमा चिसो र तातोको संयोजन नमिलेर पेट फुल्ने, डुम्म हुने र पेट भारी हुने समस्या हुन सक्छ।

हाम्रो शरीर बृद्धि गर्न चाहिने क्याल्सियम र प्रोटिन दाल, गेडागुडि, सागसब्जी र फलफुलमा प्रसस्त पाइन्छ भने मासु नै किन खानु पर्यो र रु किन अरुको हत्या गरेर मासु खाने रु स्वास्थ्यलाई सामान्य राख्न मासु नखाएकै राम्रो। अझ स्वास्थ्य समस्या भएका, जीर्ण रोग लागेका, यूरिक एसिड भएका, अधिक मोटोपन, उच्च रक्तचाप, मधुमेह, कोलस्टेरोल, टाउको दुखाई, दम आदि समस्या भएकाले त मासु छुनै हुँदैन।

मासु खाँदा यहि तीन बराबर आहार भित्र पारेर खानु पर्छ। मासु खाँदा अन्नको भाग थोरै घटाउने र हरियो सागसब्जी, गाजर, मेवा जस्ता फलफुल प्रसस्त खाने। यसरी खाँदा मासुबाट हुने हानीबाट बच्न सकिन्छ तर मासु नखाने बाटोमा लाग्नु नै सबै हिसाबले कल्याणकारी हुन्छ।

पानीको उचित प्रयोग

हामीले खानासँगै कहिल्यै पनि पानी पिउनु हुँदैन। खानासंगै पानी पिएमा पाचन प्रक्रिया गडबडी भएर समस्या हुन्छ। त्यसैले खाना खानु भन्दा कम्तिमा एक घन्टा अघि र खाना खाएको एक घन्टा पछि मात्र पानी पिउनु पर्छ।

हामीले बिहान उठ्नासाथ सामान्यतः ३ देखि ४ गिलास मन तातो पानी पिउनु पर्छ। दिउसो हरेक घन्टाको फरकमा १ गिलास पानी पिउने। दिन लामो वा छोटो अनुसार साँझ ५ देखि ६ बजेसम्म पानी पिउने। राती सुत्नु अघि १ गिलास पानी पिउने।

पानीको उचित प्रयोगले मात्र पनि धेरै समस्याबाट बच्न सकिन्छ।

स्वादको पछि नलागौं

खाना जीवन निर्वाहका लागि खाने हो। तर, अचेल मानिस मिठो र जिब्राको स्वादको पछि दौडिरहेछन्। रंगविरंगका विज्ञापन र कृतिम चिजमा मानिस भुलेका छन्। अझ बालबालिका त चाउचाउ, कुरमुरे, चिजबल, रियल जुस जस्ता खानामा लोभिएको पाइन्छ। बजारमा पाइने अधिकाँश तयारी खाजा जस्तै केक, मम, बिस्कुट, पाउरोटी, चाउचाउ, सेल, दुनोट, मिठाइ र जंक फुड मैदाबाट बनेका हुन्छन्। मैदामा शरीरको पाचन क्रियालाई चाहिने छोक्राबोक्रा हुँदैन। त्यसैले यस्ता चिज खाँदा कब्जियत हुन्छ। त्यसमाथि त्यस्ता खानामा प्रयोग हुने रसायन प्रिजरभेटिभ हानिकारक हुन्छ।

त्यसैगरी धेरै चिल्लो, पिरो, अमिलो र तारे भुटेका खानेकुरा पनि खानु हुँदैन। र पकाएर खाने खानेकुरामा पनि नुन खुर्सानी मसला र चिल्लो जस्ता चिजहरु कम राखेर पकाउनु उचित हो। त्यसैले रोग लाग्न नदिन र लागेको रोगबाट मुक्त हुन बेलैमा विचार पुर्याऔं।

 

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्