२०८२ बैशाख १२ गते बिहिवार

किन बुझ्दैनौ ए नेता हो ?



सम्पूर्ण पार्टीका नेता कार्यकर्ता ज्यू सर्वप्रथम मेरो तर्फबाट नमस्कार म एउटा एकदमै बिकट ठाउँमा जन्मिएको मान्छे। अहिले म कक्षा १२ को परिक्षा सुर्खेत जिल्लामा दिएको एक युवा हु। आज म मेरो गाउँको पिडा तपाईलाई सुनाउदै छु। तपाईले यो मेरो गाउँको पिडालाई सुनेर मेरो विकट गाउँको समस्यालाई समाधान गर्दिनुहोस् । ति ठुला ठुला डाडाले घेरिएको मेरो गाउँको अहिले सम्म विकास हुन सकेको छैन ।

मेरो गाउँमा बाटो नभएकै कारणले गर्दा मानिस बिरामी हुँदा ३ घण्टाको पैदल यात्रा गरेर जानु पर्ने पिडा हामीले भोगिरहेका छु र शिक्षाको क्षेत्रमा भन्ने हो भने कक्षा ६ भन्दा माथिको कक्षा पढ्न अर्कोको घरमा कोठा भाडा देखि सबै खर्च जुटाउन कति दु स्ख थियो होला ति हाम्रा बेरोजगार बा आमालाई थाहा छ। त्यसैगरी मेरा गाउँका विधार्थी भाई बहिनीको घरमा आर्थिक अवस्थाको कमीले गर्दा हप्ताको ७ दिनमा ३ दिन विधालय जान्छन् भने ३ दिन गाई, गोरु, बाख्रा चराउन पर्ने बाध्यता छ।

यसपछि तिनै विधार्थीहरु शिक्षाकै कमिले बेरोजगार बनेर रोजगारको सिलसिलामा छिमेकी देश भारतमा जानुपर्ने बाध्यता छ। जैविक रूपमा भरिपूर्ण मेरो गाउँ हरियाली ति डाँडाकाँडा , चराचुरुङ्गीको चिरविर आवाज र जंगलमा देखिने जंगलि जनावरहरू देख्दा आफ्नो गाउँ स्वर्ग भन्दा सुन्दर लाग्छ । विडम्बना त यो छ ति भष्ट्र नेताहरूले गर्दा भौतिक रूपमा मेरो गाउँको विकास हुन नसक्दा दुखित छु ।५ वर्ष सम्म मेरो गाउँको विकासमा हात लागेर शून्य भने जस्तै गराए ति भष्ट्र नेताहरूले ।

अब सुन्नुहोस् केन्द्रीय सासद देखि वडा अध्यक्ष ज्यूहरू गाउँमा आउदा गर्ने छु भनेर सोचेका विकासका घोषणा पत्र भन्दा गरेका विकासको घोषणा पत्र बोकेर आउनु होला। त्यसपछि भन्ने छु कि मेरो यो प्यारो जन्मभूमिमा स्वास्थ्य ,शिक्षा , खानेपानी , बाटो र गाउँलाई नै जोखिममा पार्ने पहिरो को विकासको कहिले गर्नुहुन्छ ।

हिजो हाम्रो गाउँमा पहिरो जाँदा, विधालयमा बैठक हुदा , कोरोना माहामारीको बेला क्वारेन्टाइन बसेका दाजु भाईलाई भेट्न नआउदा र वाडिले बगाएको खेतको अनुगमन गर्ने बेला बोलाउदा बोलाउदा नआउने वडा अध्यक्ष ज्यू खै हेरम हामी ‌पनि चुनाव आउदै छ अझै पनि भोट माग्न कसरी आउनु हुन्छ।

त्यती बेला देखाउने छु सिटामोल नपाएर तडपि रहेका मानिसको प्रत्यक्ष अनुहार ,शिक्षा नपाए बेरोजगार बनेका मानिसको भारी बोक्दा कपाल नै खुइलिएको कुरा हातमा भएका फोटाहरु र पहिरोले गर्दा जोखिममा पनि हिड्नु परेको दुस्ख देखाउने छु ।

अब सबै जनताले बुझिसकेका छन् नबुझेका बुढा बा आमालाई पनि हामी बुझाउदै हिड्ने छौ। अन्तिममा म मेरा गाउँका सम्पूर्ण आमा बुबा प्रति सम्मान गर्दछु किन भने आफ्नो खुसी र पिडा बिर्सेर हामी खुसीका पढाउनुभयो तपाईहरूलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।

 

                   रबिन्द्र सावद

ढकारी गाउँपालिका वडा नं ४ दाउनामोरा अछाम

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्