२०८१ चैत्र १० गते आइतवार

मलेसियामा बच्चा जन्माएर हत्या गरेको आरोपमा नेपाली महिला पक्राउ



८ असोज, काठमाडौँ –
मलेसियामा बच्चा जन्माएर हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको हो । तर परिचय खुलाइएको छैन ।

उनले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि प’क्राउ गर्ने तयारी गरेको छ । कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेपछि २८ वर्षीय महिलालाई नियन्त्रणमा लिइएको र उनी नेपाली भएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्