२०८२ बैशाख ९ गते सोमवार

कांग्रेसको १४ औँ महाधिबेशनः दाङका १० पालिकामा नेतृत्वका लागि उमेद्धारी दर्ता



८ असोज, घोराही –
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत दाङका १० वटा पालिकामा नयाँ नेतृत्वका लागि उमेद्धारी दर्ता भएको छ ।

भोली हुने निर्वाचनका लागि आज विहान साढे ११ बजे देखी दिउसो साढे १ बजे सम्म दश वटै पालिकामा उमेद्वारी दर्ता भएको हो । घोराहीमा तिलक रावत र निरज गिरीले सभापति पदमा उमेद्वारी दर्ता गराउनुभएको छ ।

उता तुलसीपुरमा सुरेश हमाल र अनिल कार्कीको सभापतीमा उमेद्वारी दर्ता गरी प्यानलमा चुनाब हुने भएको छ । त्यसैगरी, लमहीमा शिबप्रसाद चौधरी र सन्तोष बुढाथोकीले सभापती पदमा उमेद्वारी दिनुभएको छ ।

३५ देखी ४२ सदस्यीय पालिका स्तरीय कमिटी हुने नेपाली कांग्रेस दाङका सचिब शंकर डाँगीले जानकारी दिनुभयो । नयाँ नेतृत्व चुन्नका लागि वडाबाट आएका क्षेत्रिय प्रतिनिधीहरुले भोट हाल्ने छन् । पालिकाको निर्वाचन सकिए पछि प्रदेशको चुनाब हुने कांग्रेस दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्