२०८२ बैशाख ११ गते बुधवार

त्रीशुलीमा कार खस्दा तीन वेपत्ता



८ असोज, घोराही – त्रीशुलीमा कार खस्दा तीनजना वेपत्ता भएका छन् । मुग्लिङ नजिकै गएराति कार खस्दा तीन जना वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

वेपत्ता हुनेहरुमा पोखरा घर भएका प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका ५ स्थित मुग्ङि नजिकै नदीमा खसेको थियो । कार र वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्