८ असोज,घोराही –
दाङमा आजदेखि ४५ वर्ष माथिका झण्डै ३१ हजार जना नागरिकलाई कोरोना भाईरस बिरुद्धको खोप लगाईदै छ । आजदेखि १० गते
आजदेखि १० गते सम्म दाङका दशवटै स्थानीय तहमा ३० हजार आठ सय २१ जना नागरिकलाई भेरोसेल खोप लगाउने निणर्य भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जसअनुसार घोराही, लमही, बंगलाचुली, राप्ती, गढवा र राजपुरमा ८ र ९ गते खोप लगाइने भएको छ । त्यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दंगीशरणमा ९ र १० गते खोप लगाउने निणर्य भएको कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । घोराही उपमहानगरका १९ वटै वडामा खोप केन्द्र सञ्चालन गरिएको र खोप कार्यक्रम विहान १० बजेबाट सुरु हुने स्वास्थ्य शाखा प्रमुख नारायन घर्तिले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार घोराहीमा आठ हजार आठ सय ८१, तुलसीपुरमा सात हजार नौ सय ८८, लमहीमा दुई हजार छ सय ८७, बंगलाचुलीमा एक हजार तीन सय २३, बबईमा एक हजार पाँच सय ११, दंगीशरणमा एक हजार एक सय ९७, गढवामा दुई हजार एक सय ५८, राजपुरमा एक हजार तीन सय ८२, राप्तीमा दुई हजार दुई सय ८८ र शान्तिनगरमा एक हजार चार सय छ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।अहिले खोप लगाएकालाई आगामी कार्तिक ५ र ६ गते दोस्रो डोज खोप लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले जनाएको छ ।