२०८१ माघ ७ गते सोमवार

दंगीशरणमा रेविज विरुद्धको खोप अभियान सम्पन्न



८ असोज,घोराही –
दंगीशरण गाउँपालिकामा रेविज विरुद्धको खोप अभियान सम्पन्न भएको छ । नेपाल स्काउट दंगीशरणको आयोजना तथा पशु सेवा शाखा दंगीशरणको ब्यवस्थापनमा छाडा र घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाईको हो ।

छाडा कुकुरहरुमा रेविज रोगको संक्रमण देखा पर्न थालेपछि खोप लगाउँने अभियान संचालन गरिएको नेपाल स्काउट दंगीशरणका संयोजक दुर्गा वलीले बताउनुभयो । दंगीशरण गाउँपालिकाको १,२, ५, ६ र ७ नम्वर वडामा पशु सेवा शाखाले टोल टोलमा पुगेर भ्याक्सीन लगाउने कार्य गरेको हो ।

बाकी ३ र ४ न. वडामा लगाउँन छुटेकाले पशु सेवा शाखामा सम्पर्क गरी रेविज भ्याक्सिन लगाउँन पशु सेवा शाखाले आग्रह गरेको छ । दंगीशरणमा संक्रमण फैलन भन्दा अघि नै सर्तकता अपनाउनका लागि पशु सेवा शाखा संग सहकार्य गरी यस खालको कार्यक्रम आयोजना गरीएको नेपाल स्काउट दंगीशरणले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्