८ भदौ,रोल्पा-
रोल्पामा अरिङ्गांलको टोकाइबाट मंगलबार एक बालकको मृत्यु भएको छ । रोल्पा नगर पालिका वडा नं। ८ जंकोट बामरुक निबासी कुशल पुनमगर र रेजिना पुन मगरको ११ बर्षीय छोरा प्रबिण पुन मगरको अरिङ्गांलको टोकाइबाट मृत्यु भएको मृतकका ठुलाबुवा धुब्र चन्द्र पुन मगरले जानकारी दिनु भयोे ।
घर देखि केहि टाढा बाख्रा गोठालोबाट घर फर्किने क्रममा बेलुकि साढे ५ बजेतिर चिउरीको बोटबाट निस्कीएका अरिङ्गांलले उनलाइ टोकेको थियो ।
उनलाइ प्रथामिक स्वास्थ्य चौकि जंकोटमा प्रथामिक उपचार पछि थप उपचारका लागी रोल्पा अस्पताल रेउघामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिनु भयो । उनी कक्षा ६ मा अध्यनरत थिए ।