२०८१ माघ ५ गते शनिवार

सुर्खेतमा पत्रकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ



८ भदौ,सुर्खेत – सुर्खेतमा पत्रकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेका छन् । उनीहरुले आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार पक्राउ परेका दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्